Comments Add Comment

महानायक हमालका फ्यानसंग दीपाले मागिन् माफी

महानायक राजेश हमालका बारेमा गरेको टिप्पणीका कारण विवादमा परेकी निर्देशक तथा कलाकार दीपाश्री निरौलाले हमालका फ्यानहरुसंग माफि मागेकी छन्। सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै दीपाश्रीले राजेश हमाललाई सुपरस्टार नै होइन भन्ने हैसियत आफ्नो नरहेको भन्दै महानायकका फ्यानहरुलाई माफी मागेकी हुन्।

दीपाले स्टाटस पोष्ट गर्दै लेखेकी छन्, ‘मैले चलचित्र क्षेत्रकों महानायक भएपछि चलचित्र क्षेत्रमा परेको बिषम परिस्थितिमा एउटा अभिभावकको भूमिका निर्वाह गरेर, आफूलाई बर्षौँ देखि सहयोग गरेका प्राबिधिकहरूलाई परेको पीर मर्कामा सहयोगी किन हुन सक्नु भएन भन्ने आशयले यो बिषयमा बोलेको हूँ।’


आशय गलत नभए पनि अन्तर्वाता हेरेर अर्कै कुरा बुझिएको भन्दै महानायकको फ्यानहरुसंग माफि मागेकी छन्। साथै अब उप्रान्त अन्र्तवार्ता दिदा पत्रकारको प्रश्नको आशय र उदेश्य बुझेर, शब्द चयनमा ध्यान दिएर मात्रै बोल्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

उनले स्टाटसको अन्त्यमा लेखेकी छन्, ‘अब मलाई साँच्चिकै माया गर्ने , मेरो त्रुटिमा मन दुखाउने र सूझावहरू दिने आदरणीय महानुभावहरू प्रति त म सधै झै नतमस्तक छु। मेरो कारणले मन दुखेंको होला क्षमा चाहन्छू है भन्दै लेखेकी छन्।’

पढ्नुहोस् दीपाश्रीले लेखेको स्टाटस:

https://www.facebook.com/deepashree.niraula/posts/3260039970727110

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर