2025-11-10 4:01 pm

फिल्म वितरण गर्दै एबी इन्टरनेशनल

चलचित्र निर्माण कम्पनी एबी इन्टरनेशनल प्रालिले अब वितरणको काम पनि गर्ने भएको छ । गत भदौमा चलचित्र ‘पासवर्ड’ रिलिज गरेको यस कम्पनीले यसै शुक्रवार रिलिज हुने बलिउड चलचित्र ‘मरजावां’बाट वितरण थालेको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एबी इन्टरनेशनलले नेपालीसँगै बलिउड र हलिउड सिनेमा वितरण गर्नेछ । साथै, वर्षेनी दुई वटा स्तरीय चलचित्र निर्माण गरेर नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण गर्नु कम्पनीको मुख्य उद्देश्य बताइएको छ । यसै कम्पनीले निर्माण गरेको दोस्रो चलचित्र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ । सुदर्शन थापा निर्देशित चलचित्रमा आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम तोप्देनको प्रमुख भूमिका छ । चलचित्र यसै वर्ष प्रदर्शन आउने बताइएको छ ।

About the Author

Ad
Ad