Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

बलिउड अभिनेता इरफान खानको निधन

Company Register

बलिउड अभिनेता इरफान खानको निधन भएको छ। ५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो।उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन्।

Advertisement

उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो। जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए।
गत शनिबार उनकी आमाको निधन भएको थियो। उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो।

खानले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, विल्लु, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए।

बलिउडमात्र नभई खानले स्लमडग मिलिनियर्स, जुरासिक वल्र्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता अन्तर्राष्ट्रिय ब्लगबस्टर सिनेमामा काम गरेका थिए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...