Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

“शिक्षकमा नेतृत्व क्षमता अभिबृद्धी” विषयक प्रशिक्षण सम्पन्न

Company Register

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरकाे नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमकाे १२ औ सत्र आज अध्यक्ष श्रीराम दाहालकाे प्राविधिक ब्यव्थापन तथा उपाध्यक्ष लक्ष्मी गजुरेलकाे अध्यक्षतामा सम्पन्न भएकाे छ । कार्यक्रमा शिक्षक संगठन राष्ट्रिय समिति सदस्य पद्मा पाैडेलकाे प्रमुख अतिथ्यता रहेकाे थियाे।

Advertisement

मुलुकमा विद्यमान काेराेना भाईरस संक्रमण पछि भएकाे लकडाउनका कारण प्रविधिमा अाधारित जुुम एपमार्फत सम्पन्न प्रशिक्षण कार्यक्रमलाई काठमाण्डाै विश्वविद्यालयका प्राध्यापक डा बासु सुवेदीले सहजीकरण गर्नुभएकाे थियाे । प्रशिक्षक सुवेदीले शिक्षक विद्यार्थीमा नेतृत्व क्षमता विकास गरेर ज्ञान र सीप अभिबृद्धीमा जाेड दिनुपर्ने आवश्यकता औल्याउनु भएकाे जिल्ला प्रचार विभाग प्रमुख सुनिल गाैतमले बताउनुभयाे ।

सुनिल गाैतमले सञ्चालन गर्नुभएकाे प्रशिक्षण कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन वाग्मति प्रदेस संगठन सचिवालय सदस्य माेहन शर्मा, नेकपा रसुवा शिक्षा विभाग प्रमुख सुभद्रा देबकाेटा,शिक्षक महासंघ राष्ट्रिय समिति पूर्व केन्द्रीय सदस्य रमेशप्रसाद लामिछाने, संगठन पाल्पा अध्यक्ष रामप्रसाद ढकाल, रुपन्देही अध्यक्ष माेतिलाल सुवेदी, लम्जुङ अध्यक्ष राजु थापा,पर्सा जिल्ला अध्यक्ष शिबनाथ चाैधरी, शिक्षक महासंघ मकवानपुर अध्यक्ष जीधराज ढकाल, संगठन पर्वत अध्यक्ष चिरञ्जीवी अधिकारी, रसुवा अध्यक्ष माेचनाथ न्याैपाने,प्यूठान जिल्ला सचिव ज्ञानहरि रिजाल, मकवानपुर उपाध्यक्ष लक्ष्मी गजुरेल, सल्लाहकार,पिताम्वर वास्ताेला, काेषाध्यक्ष जयप्रसाद पाेखरेल, सहकाेषाध्यक्ष, चन्द्रादेबी लामा बल, सचिवालय सदस्य कृष्ण पाैडेल, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, प्रचार विभाग प्रमुख सुनिल गाैतम,सदस्य सविता लामिछाने, भावना सापकाेटा, लक्ष्मी अधिकारी, नारायण प्रसाद कँडेल, हेटाैडा नगर अध्यक्ष मुकुन्द न्याैपाने, मकवानपुरगढी अध्यक्ष शिबप्रसाद लामिछाने, भिमफेदी अध्यक्ष कृष्ण पाेखरेल ,थाहानगर अध्यक्ष रमेशमान डङ्गाेल सुवास खनाल, गाेसाईकुण्ड गापा अध्यक्ष रसुवा का बिष्णुप्रसाद पाैड्याल,लगायतकाकाे उपस्थिती रहेकाे थियाे ।

भाेलि हुने तेह्राैं सत्रमा भने देशका अन्य थप बिभिन्न जिल्लाबाट पनि सहभागिता गराउने अध्यक्ष श्रीराम दाहालले जानकारी दिनुभयाे । बैशाख १८ गते हुने प्रशिक्षणमा पनि काठमाण्डाै विश्वविद्यालयका प्राध्यापक डा वासु सुवेदीले सहजीकरण गर्नुहुने छ । नेतृत्व विकास सम्वन्धी उक्त प्रशिक्षण नियमित जस्तै दिउसाे १२:०५ हुने छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...