Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

भिडियो कन्फ्रेन्सिङमा जुमलाई झट्का दिँदै फेसबुक मेसेन्जर रुम

Company Register

आफ्ना प्रतिस्पर्धीहरूलाई मात दिनका लागि आफ्ना सेवामा निरन्तर विस्तार गरिरहनु फेसबुकको एउटा मुख्य विशेषता नै हो ।

अहिले महामारीको लकडाउनका बेला विश्वमा भिडियो कन्फ्रेन्सिङका लागि भिडियो कन्फ्रेन्सिङ सर्भिस जुम निकै लोकप्रिय बनिरहेको छ । तर, जुमको यो लोकप्रियताबाट लोभिएको फेसबुकले आफ्नो मेसेन्जर सर्भिसमा नयाँ ग्रुप भिडियो कलिङ फिचर सुरु गरेको छ ।

Advertisement

फेसबुकले आफ्नो मेसेन्जर एपको नयाँ भिडियो कन्फ्रेन्सिङ संस्करण तयार गरेको छ । फेसबुकले उक्त नयाँ प्लाटफर्मको नाम मेसेन्जर रुम्स राखेको छ । फेसबुक सिइओ मार्क जुकरबर्गले गत शुक्रबार उक्त सर्भिसको घोषणा गरेका हुन् ।

फेसबुक मेसेन्जरको यो नयाँ भिडियो कन्फ्रेन्सिङ प्लाटफर्ममा एकैपटकमा ५० जनासम्मले सामूहिक भिडियो कन्फ्रेन्सिङ गर्न सक्नेछन् ।

जुमको नि:शुल्क संस्करणमा एकपटकमा एक सय जनासम्मले सामूहिक भिडियो कल गर्नसक्ने भएपनि एक पटकमा अधिकतम ४० मिनेटसम्म मात्र कुरा गर्न सकिन्छ ।

तर, मेसेन्जर रुममा भिडियो कन्फ्रेन्सिङ गर्दा समयको पाबन्दी रहेको छैन ।

अर्कोकुरा फेसबुक प्रयोगकर्ताले अन्य व्यक्तिलाई मेसेन्जर रुममा इन्भाइट गर्न सक्छन् र यसका लागि फेसबुक अकाउन्ट हुनु अनिवार्य हुँदैन ।

फेसबुकका अनुसार मेसेन्जर रुम्समा आर्टिफिसियल इन्टेलिजेन्सयुक्त भर्चुअल ब्याकग्राउण्ड फिचर उपलब्ध हुनेछ ।

हाललाई फेसबुकको मुख्य प्लेटफार्म तथा मेसेन्जर एपबाट उक्त मेसेन्जर रुम्समा जान सकिने भए तापनि अब छिटै यसलाई इन्स्टाग्राम तथा ह्वाट्स एपसँग पनि जोडिने फेसबुकले जनाएको छ । आगामी केही हप्ताभित्रै यो फिचर संसारभरका प्रयोगकर्ताका लागि उपलब्ध गराइने फेसबुकले जनाएको छ ।

यद्यपि फेसबुकले नयाँ भिडियो कलिङ सर्भिस ल्याउनुका अलावा आफ्नो विद्यमान भिडियो सर्भिसमा समेत विस्तार गरिरहेको छ । लकडाउनका बेला फेसबुकको भिडियो कलको दरमा अति नै उच्च वृद्धि भएको छ । हरेक दिन फेसबुकको मेसेन्जर एपमा ७० करोड मानिसले भिडियो कल गर्ने गरेका छन् । कतिपय देशमा पछिल्ला दिनहरूमा फेसबुकको प्रयोग दोब्बरले बढेको छ ।

फेसबुकले मेसेन्जरका साथै ह्वाट्सएपको भिडियो कलिङ सेवामा समेत क्षमता विस्तार गर्दैछ । यसका लागि ह्वाट्सएपमा ग्रुप भिडियो कलिङमा सहभागीको संख्या चार बाट आठमा पुर्‍याउँदैछ, जुन यहीँ हप्तादेखि सुरु हुँदैछ ।

स्मरण रहोस् ह्वाट्सएप एण्डटूएण्ड इनक्रिप्सन प्रविधियुक्त एकमात्र भिडियो कलिङ सर्भिस हो । अर्थात् यसमा हुने भिडियो कलिङ तथा डाटाहरू तेश्रो पक्ष वा ह्वाट्सएप स्वयंले समेत डिकोड गर्न असम्भव हुनेछ । हालैका दिनहरूमा जुमका प्रयोगकर्ताका डाटाहरू चोरी भएको समाचार आइरहेका बेला ह्वाट्सएपको यो फिचरले प्रयोगकर्ताको मन जित्न सहयोग पुग्ने आशा फेसबुकको छ । एजेन्सी

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...