कोरोना भाईरसको संक्रमणका कारण लागु गरिएको लकडाउनका कारण धेरै मानिसहरु बाहिर निस्कन पाईरहेका छैनन् । घरभित्रै बस्नुपर्दा कतिपयलाई त मानसिक समस्या समेत देख्न थालिसक्यो । महामारी नियन्त्रणमा नआउन्जेलसम्म घरभित्रै बस्न आग्रह गरिएको छ । तर, यो निक्कै कठिन हुन थालिसकेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार एकान्तवास र क्वारेन्टाईनले मानिसलाई केही कुरामा पनि रमाईलो नहुने एवं आक्रोस र तनाव हुने बनाउन सक्छ । यो समयमा विशेषगरी पाका र स्वास्थ्य समस्या भएकालाई झन बढि समस्या देखिन सक्छ । धेरै मानिसहरु ईन्टरनेटको पहुँचमा पनि नरहेको हुनाले उनीहरुलाई कसरी समय विताउने भन्ने चिन्ता छ । उनीहरुका लागि पनि यी ५ उपाय अपनाए स्वस्थ रहन सक्ने प्रक्षेपण गरिएकाे छ ।
योजना बनाएर समय व्यतित गर्ने
दैनिक क्रियाकलाप सकेसम्म उस्तै राख्ने प्रयत्न गर्ने गर्नुपर्छ । दिनभर गर्ने कामको योजना बनाउने गर्नुहोस् ।
योजना सम्झन आलर्म राख्दा पनि उपयुक्त हुन्छ ।
समाचारमा सतर्कता अपनाउने
कसरी स्वास्थ्य सम्बन्धि जानकारी लिने हो र कस्ता समाचार लने भन्नेबारेमा सतर्क रहने गर्नुहोस । समाचारले तपाईलाई चिन्तित बनाउछ भने केही समयका लागि समाचारबाट टाढा बस्नुहोस ।
सक्रिय रहनुहोस्
सम्भव भएसम्म दैनिक रुपमा शारिरिक व्ययाम गर्नुहोस । घर सफा गर्ने, नाच्ने वा भर्यांगबाट तलमाथि गर्नुहोस ।
तर, एकैठाउँमा मात्रै कम बस्नुहोस् ।
मस्तिस्क सक्रिय राख्नुहोस्
पुस्तक, पत्रिका वा लेखहरु पढ्नुहोस् । मस्तिस्कलाई सक्रिय बनाउन ध्यानले पनि लाभ गर्छ । अनावश्यक कुरा मनमा खेलाउनबाट जोगिनुहोस् ।
आराम र सिर्जना
मन रमाउने स्वास्थ्यकर काममा समय व्यतित गर्नुहोस् । चित्र कोर्नुहोस्, संगित सिक्नुहोस वा नयाँ बाजा बजाउन खोज्नुहोस् । यी कुराहरु दैनिक रुपमा गरियो भने मानसिक र शारिरक दुबै स्वास्थ्य अवस्था ठिक हुनेछ । एजेन्सी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




