Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

जनिराखौ दैनिक कसरतका गर्फानुको फाइदा

Company Register

एजेन्सी । कसरतले डिप्रेसन घटाउँछ, स्मरण शक्ति सुधार्छ र सिकाइ छिटो पार्छ ।असंख्य अध्ययनले हिँडाइदेखि साइक्लिङसम्मका विभिन्न व्यायामले हामीलाई स्वस्थ भएको अनुभूतिसँगै डिप्रेसनबाट मुक्ति दिलाउने देखाएका छन् ।

Advertisement

नियमित व्यायाम गर्नाले करिब पाँच वर्ष आयु बढ्ने विभिन्न अध्ययनले देखाएका छन् । भर्खरै गरिएको एउटा सानो अध्ययनले मध्यम खालको व्यायामले पनि कोषको बुढ्यौली ढिलो पार्ने देखाएको छ ।

हालै भएका केही अध्ययनले व्यायाम गर्दा शरीरमा परिवर्तन हुन र व्यायामको फाइदा अनुभव गर्न धेरै बेर नलाग्ने देखाएका छन् ।

हाम्रो शरीरले कार्बोहाइड्रेट र बोसो दुवैलाई ऊर्जा स्रोतका रुपमा प्रयोग गर्छ । एरोबिकजस्ता नियमित व्यायाम र शारीरिक तालिम गर्दा शरीरले बोसोलाई ऊर्जा स्रोतका रुपमा बढी उपयोग गर्छ वा भनौँ बोसोलाई ऊर्जामा रुपान्तरण गर्छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...