Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज मिति २०७६ चैत २८ गते शुक्रवार , तपाईको आजको राशिफल हेर्नुहोस्

Company Register

आजको पञ्चाङ्ग

बि.सं. २०७६ चैत २८ गते शुक्रवार।  इ.सं. 2020 April 10 । शक संवत १९४२ । नेपाल संवत ११४० चौलागा । प्रमादीउत्तरायण वसन्त ऋृतु वैशाख कृष्णपक्ष तिथि तृतीया , २६:०९ बजे उप्रान्त चतुर्थी । नक्षत्र विशाखा , २६:२३ बजे उप्रान्त अनुराधा । योग वज्र , ९:३६ बजे उप्रान्त सिद्धि । करण वणिज १५:१० बजेदेखि भद्रा , २६:०९ बजे उप्रान्त कौलव । चन्द्रराशि तुला । आनन्दादी योग मातंग । दिनमान ३१ घडी ३८ पला । सूर्योदय ५: ४६ बजे । सूर्यास्त १८: २६ बजे ।

Advertisement

साँखु यात्रा (सको यात)। सर्वार्थसिद्धियोग २६:२३ बजेदेखि।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आजको दिन हाँसखेल कनपिनमा जानेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ । खुसीको खबर सुन्न पाउनु हुनेछ ।     

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यात्रा गर्ने अवसरपनि प्राप्त हुनेछ ।         

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

दबाब र तनाव बढेको महसुस हुनेछ । सन्तानपक्षको मायामा कमी आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । कार्यमा बाधा आउनेछ ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । स्वास्थ्य सबल रहनेछ ।    

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

धार्मिक/सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ ।    

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आज लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।              

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

मीन (दि, दु, , , , दे, दो, चा, चि)

आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ । ज्यो.प. नारायणप्रसाद दुलाल

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...