Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज २०७६ फागुन १३ गते मंगलबारको राशिफल हेर्नुहोस्

Company Register
वि.सं. २०७६ फागुन १३। मंगलबार । इ.स. २०२० फेब्रुवरी २५। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। द्वितीया, २३:५४ उप्रान्त तृतीया। नक्षत्र– पूर्वभाद्रपदा, १७:५३ बजेउप्रान्त उत्तरभाद्रपदा। योग– सिद्ध, ७:५४ बजेउप्रान्त साध्य। करण– वालव, १०:५१ बजेदेखि कौलव, २३:५४ बजेउप्रान्त तैतिल। आनन्दादिमा काण योग। चन्द्रराशि– कुम्भ, ११:१५ बजेउप्रान्त मीन। काठमाडौंमा सूर्योदय– ६:३५ बजे, सूर्यास्त– १८:० बजे र दिनमान २८ घडी ३ पला। पञ्चक। सर्वार्थसिद्धियोग १७:५३ बजेदेखि। त्रिपुष्कर योग १७:५३ बजेसम्म।
तपाइको आजको  राशीफल

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )
धुम्रपान र मद्यपानबाट टाडै रहनु होला । गरेको कार्यमा बाधा आउनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । व्यापारमा सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
दैनिक कार्यमा प्रगती हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । दिनको उत्तरार्ध सुखद रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  
आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सन्तान सुख मिल्नेछ । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वाणीमा लगाम लगाउनु पर्ला नत्र झुटोबोल्न बाध्य भईनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । वियोग र छटपटी बढ्नाले मनपनि कमजोर रहला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी होला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । मंगल कार्यको योगछ । चिन्ता छाडेर चिन्तन र कर्म गर्नाले राम्रो फल मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भयछ सचेत रहनुहोला । पारिवारीक झैँ–झमेला आउला । सामान्य स्वास्थ्यमा समस्या आउला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज विशिष्टव्यक्तिको सहयोग पाईनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेकोकार्य पुरा होला । पार्टनसीपको कार्यमा सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ, साथै नयाँ कर्यको योजनले गति पाउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज स्वादिष्ट भोजन पाईनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्ला। कुटुम्बको सहयोगपनि मिल्नेछ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...