Comments Add Comment

आज देशभरको मौसममा आँशिक बदली-मेघगर्जन, चट्याङ् र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौं- देशको पहाडी भूभागमा शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही स्थानमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।

शुक्रबार राति देशको पश्चिमी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

पश्चिमी पहाडी भूभागका केही स्थानमा भने राति पनि मेघगर्जन, चट्याङ् र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर