Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

सुबिसुको सेल्स काउन्टर खुला

Company Register

हेटौंडा – इन्टरनेट र केबल टेलिभिजन सेवाप्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा.लि.ले अति आवश्यक सूचनाको स्रोत इन्टरनेट र टेलिभिजन सेवा सुचारु गर्न र लकडाउनको समयमा आफ्ना ग्राहकलाई सहजताको लागि विभिन्न जिल्लाहरुमा सेल्स काउन्टर खुला गरेको छ ।

Advertisement

सुबिसुले लक डाउनको समयमा विशेष सावधानी अपनाई तत्कालीन मध्यमाञ्चल क्षेत्र अन्तर्गतका ४ जिल्लामा सेल्स काउन्टर खोलेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्रासका कारण मुलुक लकडाउनको अवस्थामा सञ्चार सेवा जारी राख्न र ग्राहकको सुविधालाई ध्यानमा राखी निश्चित समय तोकी सेल्स काउन्टर खोलिएको सुबिसुका क्षेत्रीय प्रमुख शेर मोहम्मद अन्सारीले जानकारी दिए ।

उनका अनुसार धादिङमा बिहान १० बजेदेखि ५ बजेसम्म, गोरखामा बिहान ११ बजेदेखि ५ बजेसम्म, नारायणगढमा बिहान १० बजेदेखि २ बजेसम्म् र हेटौंडामा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा सुचारु हुनेछन् । हेटौंडा शाखाबाट तत्कालको लागि दिउँसो १ बजेसम्म मात्र सेवा दिने व्यवस्था गरिएकोमा उक्त समय बढाउने तयारी भइरहेको पनि उनले बताए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...