जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएको छ । महन्थ ठाकुरको अध्यक्षतामा जसपा नेपाल ९लोकतान्त्रिक० पार्टी निर्वचन आयोगमा दर्ता भएको छ । महन्थ ठाकुर पक्षले बुधबार निर्वाचन आयोगमा जसपा नेपाल ९लोकतान्त्रिक० दल दर्ता गराएका हुन् । जसको वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन् ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगत्तै ठाकुर पक्षले नयाँ दल दर्ता गरेको हो । ठाकुरको पार्टील चुनाव चिन्ह साइकल रोजेको जनाइएको छ । नव गठित पार्टीमा २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति र १४ जना संघीय सांसद रहेको नेता लक्षमणलाल कर्णले जानकारी दिए । ‘अध्यक्षमा महन्थ ठाकुर हुनुहुन्छ अन्य पदाधिकारी तोकिएको छैन,’ उनले भने । जसपा ९लोकतान्त्रिक०को केन्द्रीय कार्यकारिणी समिति २४ सदस्यीय रहेको छ । यसको चुनावचिन्ह साइकल रहेको छ ।