बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएका छन् । केन्द्रमा नेकपा एमाले औपचारिक रुपमा विभाजन भएसँगै पौडेलले बुधबार संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् । उनले बुधबार प्रदेश प्रमुख विष्णु प्रसाईंलाई राजीनामा बुझाएका हुन् । पौडलकै प्रस्तावमा अष्टलष्मी शाक्य संसदीय दलको नेतामा सर्वसम्मत चयन भएकी हुन् ।