काठमाडौँ – अमेरिकाको  क्यालिफोर्नियामा रहेका मोडल विश्व शर्माले आफ्नो बिल्कुलै नयाँ गीत ‘सपनी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।  भिडियोमा नायिका आश्मा गिरी समेत फिचर्ड छन्।

रोमाण्टिक भर्सनको यस गीतमा  गायिका मेलिना मैनाली र गायक आरके  खत्रीको स्वर सुन्न सकिन्छ।  अनिल कुँवरले बिट निर्माण गरेको प्रेमिल शैलीको यस गीतमा पारस मास्टरपेनको र्‍याप समेत समावेश छ।

अनिल के मानन्धरले छायांकन गरेको यस भिडियोलाई विवेक सुनारले सम्पादन गरेका हुन्।  बिभोर पोखरेलको निर्देशनमा भिडियो तयार पारिएको हो।  मोडल शर्माको आधिकारिक च्यानल ‘विश्व शर्मा’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।

‘आत्मामा’ बोलको गीतको म्युजिक भिडियोबाट चर्चा कमाएका मोडल शर्माले यसघि अन्य थुप्रै म्युजिक भिडियो र शर्ट फिल्ममा अभिनय गरिसकेका छन्।  आगामी दिनमा अझै स्तरिय सिर्जनाको साथमा आउने तयारीमा रहेको शर्माले बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू