मकवानपुरकी सुमियन पाख्रिनको आवाजमा रहेको पहिलो गीत “च्याङबा ओई मैच्याङ” सार्वजनिक भएको छ । उक्त गीतमा उनलाई अफ्रिता खड्गीले साथ दिएकी छन् । नेपालको चर्चित गायन रियालिटी सो नेपाल आईडल सिजन ४ को टप ६ सम्म पुग्न सफल उनले पहिलो पटक ख्रिष्टियन गीतमा आवाज दिएको हो । उनि आफैँ ख्रिष्टियन भएकै कारण उनले उक्त ख्रिष्टियन गीत गाएकी हुन् ।

उनि नेपाल आइडल सिजन ४ को टप ६ बाट बाहिरिएकी हुन् । उक्त गीतमा गोपि राईको शब्द रहेको छ भने खगेन्द्र थामी (खुशी भाई)ले संगीत भरेका छन् । गीत काठमाडौंको सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेको छ । गीतलाई पदम राजन मगरले एरेन्ज गरेका हुन् भने मुस्कान मुकारुङले मिक्सिङ गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4298 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू