Comments Add Comment

स्वतन्त्र पत्रकार संघद्वारा क्रिकेट नियमबारे अभिमुखिकरण

स्वतन्त्र पत्रकार संघ मकवानपुरको आयोजनामा क्रिकेट खेलको आधारभूत नियमबारे सञ्चारकर्मीहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । आइतबार पत्रकार महासंघ मकवानपुरको सभाहलमा भएको अभिमुखिकरणमा मकवानपुरका संचारकर्मीहरुलाई राष्टिय क्रिकेट एम्पाएर बिनोद बानियाँले क्रिकेट खेलको विषयमा समाचार लेख्न अभिमुखिकरण गरेको हो । उनले क्रिकेट खेलको समाचार लेख्दा विभिन्न कुराहरुमा ध्यान दिनु पर्ने लगायत भाषागत जानकारी समेत गराएका थिए ।

कार्यक्रम मकवानपुर क्रिकेट संघका अध्यक्ष बाशुलाल श्रेष्ठको प्रमुख आतिथ्यता तथा स्वतन्त्र पत्रकार संघ मकवानपुरको अध्यक्ष गोकुल अधिकारीको अध्यक्षतामा भएको थियो । प्रमुख अतिथि श्रेष्ठले मकवानपुरमा क्रिकेट मैदान अभाबका कारण खेलाडीहरु उत्पादनमा समस्या रहेको बताए । संचारकर्मीहरुले क्रिकेट खेलको समाचार सम्प्रेषणमा सहयोग गरिरहेको भएपनि अझ धेरै जानकारी होस भन्ने उदेश्यले आयोजना गरेकोमा आयोजक प्रति धन्यवाद दिए । कार्यक्रम्मा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम , क्रिकेट खेलका‌ पदाधिकारी, प्रशिक्षक, खेलाडी प्रतिनिधि र संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै