आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेस मकवानपुरले स्थानिय तहको आठ वटै पालिकामा अध्यक्ष र उपाध्यक्षहरुको टुंगो लगाएको छ । आईतबार बसेको कांग्रेस संसदीय समिति मकवानपुरले आफ्नो भागमा परेको अध्यक्ष तथा उपाध्यक्षहरुको नामावली टुंगो लगाएको हो ।

कांग्रेस मकवानपुरले मकवानपुरगढीको अध्यक्षमा दोर्जे लामा स्याङ्तान , बकैया गाउँपालिकामा धर्मराज लामिछाने , कैलाश गाउँपालिकामा लोक बहादुर मोक्तानलाई उम्मेदवारी टुंगो लगाएको छ । त्यसैगरी राक्सीराङ गाउँपालिकामा राजकुमार मल्ल , मनहरी गाउँपालिकामा रञ्जन कालाखेती , बागमती गाउँपालिकामा फाणिन्द्र मिमलसिना , भीमफेदी गाउँपालिकामा मोमलाल दोङ र ईन्द्र शरोबर गाउँपालिकामा निर्मला रुम्बालाई अध्यक्षमा उम्मेदवारी टुगो लगाएको छ । कांग्रेस मकवानपुरले आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवार दर्ता गर्ने कार्यतालिका छ ।