मकवानपुर क्षेत्र नंम्बर २ अन्तर्गत प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार विरोध खतिवडा झिनो मतले अग्रता लिईरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार ८७९५ मत गणना गर्दा खतिवडाले ३७७८ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार महेश बर्तौलाले ३६९४ मत प्राप्त गरेर पछ्याईरहेका छन् । खतिवडाले ८४ झिनो मतले अगाडी रहेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ५८६ मत प्राप्त गरेका छन् ।
मकवानपुर–२ मा महेश भन्दा विरोध ८४ मतले अगाडी
प्रकाशित मिती : २०७९ मंसिर ६ गते , मंगलबार
० प्रतिक्रिया