मकवानपुरगढी गाउँपालिकास्तरिय मैत्रिपूर्ण शिक्षक भलिवल प्रतियोगिताको उद्घाटन सत्र आज सम्पन्न भएको छ । मकवानपूरगढी गाउँपालिका र मनकारी शिक्षक एवम् जिल्ला भलिवल परिषद् मकवानपुरका उपाध्यक्ष इन्द्रप्रसाद सञ्जेलको आर्थिक सहयोगमा कार्यक्रम तय भएको आयोजक विद्यालय जनक माविका प्रधानाध्यापक बिरेन्द्र यादवले अनलाईनपत्रलाई जानकारी दिनुभयो ।

मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमगाईको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रम वडा नं ६ का अध्यक्ष एवम् विद्यालय ब्यवस्थापन समिति अध्यक्ष टीकाप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न भएको हो ।

विद्यार्थीहरुलाई मात्र शैक्षिक र अतिरिक्त क्रियाकलापको प्रतिस्पर्धा हुने नभई शिक्षकहरुमा पनि यस्ता प्रतिस्पर्धा हुनुपर्ने बताउँदै मकवानपुरगढी गाउँपालिकामा गत वर्षदेखि नै यस्तो कार्यक्रमको आयोजना भएको स्रोतशिक्षक इन्द्रबहादुर कार्कीले बताउनुभयो । गतवर्ष भानु माविमा शिक्षक मैत्रीपूर्ण फूटसल र चण्डिका माविमा शिक्षक भलिवल प्रतियोगिता आयोजना भएको थियो ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाभरका ७ वटा विद्यालयले भाग लिएका थिए । जसमा माविहरुले एकल सहभागिता जनाएका हुन् भने आधारभूत विद्यालयहरुले भने थप विद्यालय समायोजन सहित टिम बनाएर सहभागिता जनाएका थिए ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका सामाजिक विकास संयोजक एवम् वडा नं ५ अध्यक्ष जीतबहादुर घिमिरे, प्रशासकीय अधिकृत रामप्रसाद पुडासैनी, शिक्षा प्रमूख रामबहादुर घलान, स्रोत शिक्षक द्वय दाशरथी उपाध्याय र इन्द्रबहादुर कार्की, वागमती प्रदेश खेलकूद विकास समिति सदस्य माधव तिमल्सेना, जिल्ला खेलकूद विकास समिति अध्यक्ष सानू लामा, कार्यालय प्रमूख राजन दाहाल खुशराज लगायतको विशेष आतिथ्यता रहेको थियो । अतिथीहरुमा महासंघ मकवानपुरगढीका अध्यक्ष लिलानाथ ढुङ्गेल, उपाध्यक्ष होमबहादुर नेपाली, शिक्षक संगठन मकवानपुर प्रचार विभाग प्रमूख एवम् पत्रकार सुनिल गौतम, शिक्षक संगठन मकवानपुरगढी अध्यक्ष शीवप्रसाद लामिछाने, शिक्षक संघ मकवानपुरगढी अध्यक्ष प्रल्हाद घिमिरे, एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुरगढी अध्यक्ष यादव अधिकारी, समाजसेवी यज्ञ प्रसाद तिमल्सेना, पूर्व विद्यालय ब्यवस्थापन समिति एवम् पिटिए अध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो । भोलिको खेल बिहान ८ बजेबाट शुरु हुने आयोजकले जानकारी दिएको छ ।

हेर्नुहोस् तस्विरहरु :