चलचित्र पत्रकार संघ मकवानपुरको चौथो अधिवेशनले अध्यक्षमा पुनः मणिराज गौतम सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा कपिल खड्का, सचिवमा श्रीराम अर्जुन दहाल,कोषाध्यक्षमा मनोज देवकोटा र सहसचिवमा रविन्द्र गौतम चयन भएका छन् । त्यसैगरी सदस्यमा सन्नु रिजाल, दर्शन क्षेत्रि, अमृता पराजुली र दिपक सिंह रुम्बा सर्वसम्मत चयन भएको छ ।
चलचित्र पत्रकार संघ केन्द्रीय समितिका महासचिव अनिल यादव, सचिवद्धय समिर बलामी, बैकुन्ठराज पराजुली, सह कोषाध्यक्ष जीवन पराजुलीको उपस्थितीमा अधिवेशन गरिएको थियो । कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राइ, चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जन,चलचित्र संघका द्धितिय उपाध्यक्ष कुबेर शर्मा, सदस्य कैलाश ढकाल, निर्वाचन समितिका सदस्य अधिवक्ता बालकृष्ण अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव गणेश दर्पण अधिकारी लगायतकाको उपस्थिती रहेको थियो ।