Comments Add Comment

मोटरसाईकल दुर्घटनामा मकवानपुरगढीका पुडासैनीको मृत्यु

मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंबर २ बाट हेटौंडा आउँदै गरेको मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक जना घाईते भएका छ । शनिबार साँझ मकवानपुरगढी–२ बाट हेटौंडा आउँदै गरेको ना ३९ प ९५४२ मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलको पछाडी बस्नेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिएका छन् । मोटरसाईकल चालक भने घाईते भएको प्रवक्ता रानाले जनाए । मृत्यु हुनेमा मकवानपुरगढी–३ का ४६ वर्षीय भरत पुडासैनी रहेको प्रवक्ता रानाले बताए । यसैगरि घाईते हुनेमा मोटरसाईकल चालक मकवानपुरगढी– ३ मक्रान्चुलीका कुमार पराजुली रहेका छन् । उनको हेटौंडा स्थित सन्चो अस्पतालमा उपचार भईरहेको प्रवक्ता रानाले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर