मकवानपुरको बकैया गाँपालिकामा बुधबार राती पानीसँगै परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । बकैया–२ कालापानीका १९ वर्षिय सम्झना घिसिङ्ग र २५ वर्षिय आशालाल घिसिङ्गको
घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चट्याङ लागेर अर्को एक जना घाईते भएका छन् उनलाई दोभान स्वास्थ्य चौकीमा उपचार गराईरहेको प्रहरीले जनाएको छ ।