Comments Add Comment

मकवानपुरगढी गाउँपालिकाद्धारा आ.व. २०७७।७८ को लागि ५९ करोड ७५ लाख बजेट पेश

मकवानपुरगढी गाउँपालिकाद्धारा आर्थिक वर्ष २०७७।७८ को लागि ५९ करोड ७५ लाख ७ हजारको अनुमानित बजेट पेश गरेको छ । बुधबार पाँचौं गाउँसभामा अनुमानित बजेट पेश गर्दै वार्षिक नीति तथा कार्यक्रम पनि प्रस्तुत गरिएको छ ।

संघीय सरकार र प्रदेश सरकार वितिय समानिकरण अनुदान १० करोड ९० लाख ५८ हजार प्राप्त भएको, राजस्व बाँडफाँड तर्फ १६ करोड ११ लाख ५९ हजार प्राप्त हुने अनुमान, अर्कोतर्फ आन्तरिक आयतर्फ २ करोड ९१ लख ३० हजार प्राप्त हुने अनुमान, त्यसैगरि संघीय र प्रदेश सरकार शर्सत अनुदान २२ करोड ५ लाख ६० हजार हुने अनुमान, समपुरक अनुदान ५ करोड, विषेश अनुदान रकम २ करोड ७६ लाख प्राप्त हुने अनुमान सहितको विवरण पेश गरिएको छ । त्यस्तै, व्ययतर्फ कुल बजेटको पुजीँगततर्फ ३२ करोड ६९ लाख ४७ हजार ९५४।७१ प्रतिशत र चालुतर्फ २७ करोड ५ लाख ६० हजार ४५।२९ प्रतिशत गरी ५९ करोड ७५ लाख ७ हजारको अनुमानित आयव्यय पेश गरिएको थियो ।

पालिकाका अध्यक्ष विदुर हुमागाईको अध्यक्षतामा भएको गाउँसभामा कृषि क्षेत्रमा २ करोड ६४ लाख, उद्योगमा ६५ लाख, पर्यटनमा १ करोड १४ लाख, सहकारीमा ६६ लाख, जलस्रोत र सिचाईमा २ करोड २२ लाख, पशुपक्षीं विकासमा २ करोड ७४ लाख, भुमि व्यवस्थामा ४५ लाख रकम विनियोजित गरिएको छ । कार्यालय सञ्चालन तथा प्रशाशनिक खर्च ५ करोड ८० लाख, पूर्वाधार विकास क्षेत्रको यातायात पूर्वाधारमा १४ करोड ४२ लाख,भवन आवास तथा शहरी विकासमा ८८ लाख ५० हजार, उर्जामा २६ लाख ५५ हजार, सञ्चार तथा सुचनामा ८ लाख, विज्ञान र प्रविधिमा ५ लाख रकम विनियोजित गरिएको छ ।सामाजिक विकास क्षेत्रमा कुल बजेटको ४३।३० प्रतिशत जुन २५ करोड ८७ लाख ४३ हजार रकम रहनेछ । जसमा सुरक्षा तथा संरक्षण, युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, भाषा तथा संस्कृति, शिक्षा र स्वास्थ्य प्रवद्र्धन,लैगिंक समानता तथा सामाजिक समावेशिकरण क्षेत्रहरु रहेका छन्, ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर