Comments Add Comment

विद्यार्थीद्वारा कलैयामा मन्त्री रायको पुतला दहन

बाराको सदरमुकाम कलैयामा प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री राम नरेश रायको पुतला दहन भएको छ। बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा रूखहरू काट्न नदिने भनेर अभिव्यक्ति दिएको विरोधमा कलैयाको भरतचोकमा पुतला दहन भएको हो।

नेकपाका भातृ संगठन विद्यार्थी र युवाले मन्त्रीको पुत्ला दहन गरेका हुन्। कोणसभामा नेकपा प्रदेश कमिटी सदस्य जितेन्द्र तिवारी, जिल्ला सदस्य मुकेश साह, ध्रुव यादव, रमेश साह, आदिद हुसेन, कौसल सिंह रामविनेश यादव, विद्यार्थी नेता राजेश गुप्ता, ईमरान आलमलगायतले सम्बोधन गरेका थिए। उनीहरूले प्रदेश सरकारविरुद्ध नारा लगाएका थिए। उनीहरूले प्रदेश सरकार भ्रष्टाचारमा डुबेको र मन्त्रीहरूले विवादित अभिव्यक्ति दिएको आरोप लगाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर