जबरजस्ती करणी गरेको आरोपमा दुई पक्राउ

अनलाइन पत्र संवाददाता२०७६-०५-१७ No Comments

डडेल्धुराका छुट्टाछुट्टै स्थानबाट जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। भदौ १३ गते राति १७ वर्षीया किशोरीलाई ललाइफकाइ प्रलोभनमा पारी जबरजस्ती करणी गरेको आरोपमा जिल्लाको भागेश्वर गाउँपालिका–१ पनिउटका २३ वर्षीय  दिनेशराम पार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

यस्तै, भदौ ११ गते राति १३ वर्षीया बालिकालाई  डरत्रास देखाइ जबरजस्ती करणी गरेको आरोपमा जिल्लाको परशुराम नगरपालिका–४ कटालका २१ वर्षीय महेश दमाईले प्रहरीले १३ गते पक्राउ गरेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। पक्राउ गरेको बारे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले मंगलबार मात्रै जानकारी गराएको हो। डडेल्धुरा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी आरोपित पार्की र दमाईमाथि अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताए।

Ad
Ad