
प्रधानमन्त्री केपी शर्मा ओलीको कानूनी सल्लाहकारमा बाबुराम दाहाललाई नियुक्त गरिएको छ । प्रधानमन्त्री ओलीले बुधबार दाहाललाई कानूनी सल्लाहाकारका रुपमा नियुक्त गरेका हुन्। अधिवक्ताका रुपमा कानुनी अभ्यास गर्दै आएका दाहाल नेकपाको कानुन विभागमा थिए।
यस अघि प्रधानमन्त्री ओलीले गत शुक्रबार प्रेस सल्लाहकारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा नियुक्त गरेका थिए । त्यस्तै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा लालशंकर घिमिरे र विकास विज्ञमा गजेन्द्र थपलिया नियुक्तलाई नियुक्त गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




