मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ५ मा रहेको समुन्नती वनजन्य उत्पादन तथा विविधिकरण सहकारी संस्था लिमिटेडको प्रथम साधरण सभा सम्पन्न भएको छ । मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष विदुर हुमागाईको प्रमुख आतिथ्यतामा साधरण सभा सम्पन्न भएको हो ।

No description available.

साधरण सभाले देवान सिङ्ग दोङको अध्यक्षतामा ९ सदस्यीय गठन गरिएको छ । उपाध्यक्षमा हरिलाल ब्लोन , सचिवमा पुर्ण बहादुर थिङ्ग र सदस्यहरुमा सुकुराम थिङ्ग , जित बहादुर स्याङ्तान , तेलिमाया घलान , खर्क कुमारी बजगाई , लिला कुमारी दुलाल , विष्णु माया घलान रहेका छन् । साधरण सभाले लेखा समितिमा अमर लामाको संयोजकत्वमा तीन सदस्य चयन गरेका छन् । सदस्यहरुमा हिरा बहादुर स्याङ्तान र करुणा विष्ट रहेका छन् । यस्तै साधरण सभाले ऋण उपसमिति पनि गठन गरेको छ । सुकुराम थिङ्गको संयोजकत्वमा कृष्ण बहादुर घलान , बुद्धिमान दोङ्ग चयन गरेको छ । कार्यक्रम सहकारीका व्यवस्थापक अमर बहादुर ब्लोनले सञ्चालन गरिएको थियो ।