मकवानपुरमा सोमबार एकैदिन थप १ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ सय ४६ जनामा गरिएको परीक्षणमा थप १ सय ७६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । ९३ जनामा पिसिआर गर्दा ६८ जनामा पोजेटिभ देखाएको छ भने ४ सय ५२ जनामा एन्टीजेन परीक्षण गर्दा १ सय ८ जना गरी थप १ सय ७६ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरि सोमबार नै कोरोनाका कारण मकवानपुरमा २ जनाको मृत्यु भएको छ । ४ जना कोरोना मुक्त भएको छ । मृत्यु हुनेहरुमा हेटौंडा– ११ का ६९ वर्षीय पुरुष र हेटौंडा –४ की ६६ वर्षीया महिला रहेकी छन् । यो संगै जिल्लामा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ७० पुगेको छ ।