मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभा तथा निर्वाचनको कार्यक्रम आजबाट सुरु हुँदैछ । उद्योगी तथा व्यवसायीहरुको साझा संस्था मकवानपुर उद्योग वाणिज्य संघको आजबाट साधारणसभाको उद्घाटन तथा बन्दसत्र कार्यक्रम हुने भएको छ । संस्थाको सोमबार उम्मेदवारी दर्ता, फिर्ता, दावी विरोध, निर्वाचनको तयारीलगायतको कार्यतालिका छ । साधारणसभाकै अवसरमा संघले पल्पसामा निर्माण गरेको अतिथि सदनको उद्घाटन समेत गर्ने भएका छन् ।

९ गतेसम्म सञ्चालन हुने साधारणसभा तथा निर्वाचन कार्यक्रमबाट आगामी तीन बर्षीय कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछ । संघको नेतृत्वका लागि वर्तमान कार्यसमितिका उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल र पूर्व अध्यक्ष राजकुमार न्यौपाने प्यानलसहित चुनावी अभियानमा रहेका छन् । संघको निर्वाचनबाट एक अध्यक्ष, ४ उपाध्यक्षसहित २७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित हुनेछन् । निर्वाचित कार्यसमितिले ३ जना आमन्त्रित र ३ जना मनोनित सदस्य थप्ने व्यवस्था रहेकोछ । मउवा संघमा २ हजार ९०६ जना मतदाता संख्या रहेका छन् ।

कृष्णकुमार गुप्ता अग्रवालको समूहबाट वाणिज्य तर्फको उपाध्यक्षमा अनिल अग्रवाल तथा सदस्यमा कुलप्रसाद चौलागाईं, जावेद हुसेन, कृष्णप्रसाद ढुंगाना, दीपक खत्री, अनिलभक्त श्रेष्ठ, दामोदर पाठक, विकेशलाल श्रेष्ठ, कृष्णहरि बर्तौला, निलम पाण्डे र निलम बैद्य उम्मेदवार रहेका छन् । यस्तै उद्योगतर्फको उपाध्यक्षमा प्रमोदसिंह रानाभाट तथा सदस्यमा सन्तोषकुमार अर्याल, भुपेन्द्रप्रसाद अधिकारी, श्रीकृष्ण कर्माचार्य भाई, रुपकराज दाहाल र सीतादेवी भेटवाल उम्मेदवार रहेका छन् । एशोसियटतर्फको उपाध्यक्ष पदमा बिष्णु खनाल तथा सदस्यमा गणेशप्रसाद भेटवाल, अंकिता सुमार्गी, राजाराम कार्की र दीपक उप्रेती रहेका छन् भने वस्तुगत तर्फको उपाध्यक्षमा काव्यमणी अधिकारी तथा सदस्यमा पुष्पराज पुडासैनी र प्रदीप अर्याल रहेका छन् ।

त्यस्तै राजकुमार न्यौपानेको समूहबाट वाणिज्यतर्फको उपाध्यक्षमा रामप्रसाद न्यौपाने तथा सदस्यमा नेत्रप्रसाद खतिवडा, बिष्णुप्रसाद दाहाल, बालकृष्ण बजगाईं, दिवस पराजुली, सुदर्शन खरेल, हरिनारायण ठाकुर, माधव ज्ञवाली, मनु दाहाल, नेत्रकुमारी भट्ट र राजु राउत रहेका छन् । यस्तै उद्योगतर्फको उपाध्यक्षमा प्रतिमा श्रेष्ठ तथा सदस्यमा ज्ञानेन्द्र बर्तौला, दीपक शिवाकोटी, नरेन्द्र भण्डारी, हरिप्रसाद ढकाल र मेनका श्रेष्ठ रहेका छन् । एशोसियटर्फको उपाध्यक्षमा उज्वल चौलागाईं तथा सदस्यमा अशोककुमार राउत र नवराज खतिवडा, राजु थापा र रामशरण दुलाल रहेका छन् भने वस्तुगत तर्फको उपाध्यक्षमा राजु अधिकारी तथा सदस्यमा तेजराज अधिकारी र अजिव भट्टराई रहेका छन् ।