Onlinepatra.com
Online Patra Media Pvt. Ltd.
Coronavirus COVID-19

हेटौंडाका विद्यालयहरु सञ्चालन गर्ने तयारी

Company Register

हेटौंडाका विद्यालयहरु सञ्चालनका सम्वन्धमा निजी विद्यालयका प्रधानध्यापकहरुसंग शुक्रबार अन्तरक्रिया भएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले स्वास्थ्य सावधानी अपनाएर अब भने बिद्यालय खोलीने बताएका छन् । विद्यार्थी धेरै भएका विद्यालयमा रोटेशन गरेर पालैपालो पठनपाठन गर्ने महतले बताए । हरेक विद्यालयले स्यानीटाइजर, मास्क, हात धुने सावुनको व्यावस्था गरेर सामाजिक दुरी कायम गरेर मात्र पठन पाठन सञ्चालनको व्यावस्था गर्न निर्देशन दिएका छन् ।

शुक्रबार भएको अन्तरक्रियामा निजी विद्यालयका प्रिन्सीपलका सुझाब लिएपनि आइतबार भने सामुदायिक विद्यालयका प्रधानध्यापकसंग छलफल राखिएको मेयर महतले बताएका छन् । छलफललाई आधार मानेर नगर शिक्षा समितिको बैठकले विद्यालय सञ्चालन गरिने मेयर महतले बताए । शुक्रबार पनि निजी विद्यालयका प्रमुखहरुसंग कक्षा १ देखि १२ कक्षा सम्मको पठनपाठक कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा लिखीत रुपमा सुझाब लिइएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...