Comments Add Comment

मकवानपुरगढीमा माघ २७ गते ल्होछार बिशेष सांस्कृतिक कार्यक्रम हुने

मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंम्बर २ स्थित कुर्लेदमारमा ल्होछार बिशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ समुदायको राष्ट्रिय पर्व मन्जुश्री सम्वत् २८५९ ह्योई–तावर ल्हो (बिरालो बर्ग) को अवसरमा यहि माघ २७ गते कुर्लेदमारको खेल मैदानमा ल्होछार बिशेष सांस्कृतिक कार्यक्रम हुने भएको हो ।

शनिबार शिखरकटेरीमा भएको बिशेष बैठक मार्फत स्थानीय समाजसेवी आकाशकुमार गोलेको संयोजकत्वमा ४१ सदस्यीय ल्होछार सांस्कृतिक कार्यक्रम मूल आयोजक समिति चयन गरेको छ । मकवानपुरगढीको स्थानीय पर्यटन प्रबर्द्धन गर्ने उद्येश्यले आयोजना गर्न लागेको ल्होछार बिशेष सांस्कृतिक कार्यक्रममा गायक प्रेम लोप्चन, गायक तथा संगीतकार प्रकाश तितुङ,गायक तथा संगितकार धिरेन लामा,गायक विक्रम लुङ्वा, अविराम मोक्तान , बिमला थिङ,सुजना रुम्बा, सुमियन पाख्रिन तथा डान्सर प्रेमा लोप्चन र रवि लामा सहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने समितिको सचिव राजकुमार गोलेले जानकारी दिए । लामा, बोन्पो (झाँक्री), सहित नृत्य प्रस्तुति समेत रहने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर