Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडा नगरसमितिको परिषद् चैत्र मसान्तमा

Company Register

नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडा नगरसमि तिको परिषद् चैत्र मसान्तमा सम्पन्न हुने भएको छ । नगर समितिको आज बसेको विस्तारित बैठकले परिषद्को समय तय गरेको हो । यो संगै मकवानपुर जिल्लाका शिक्षक संगठनका सबै गाउँपालिकाहरुको परिषद् चैत्र मसान्त सम्ममा सम्पन्न हुनेछ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन वागमती प्रदेस सचिवालय सदस्य मोहन शर्माको प्रमूख आतिथ्यता तथा जिल्ला अध्यक्ष श्रीराम दाहालको विशेष आतिथ्यता रहेको कार्यक्रम नगरसमितिका अध्यक्ष मुकुन्द न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा शिक्षक संगठन मकवानपुर उपाध्यक्ष लक्ष्मी गजुरेल, कोषाध्यक्ष जय प्रसाद पोखरेल, सल्लाहकार अकुर प्रसाद गौतम, सहकारी अध्यक्ष सीताराम दाहाल, सदस्यहरु सुनिल गौतम, यदुदेव सिग्देल, भगवती श्रेष्ठ, सविता लामिछाने, डिबि बर्तौला, चुडा पौडेल, नगर महासंघ अध्यक्ष दीपक अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

Advertisement

विस्तारित बैठकमा जिल्ला अध्यक्ष श्रीराम दाहालले राष्ट्रिय समिति देखि जिल्ला तहसम्मका निर्देशन दिनुभयो । यता प्रमूख अतिथी मोहन शर्माले भने नेपाल राष्ट्रिय शिक्षक संगठन कुनैपनि दलको भातृ संस्था नभएकोले देशको अस्थिर राजनैतिक परिवेशले शिक्षक संगठनलाई कुनैपनि प्रभाव नपर्ने र पार्न नहुने बताउनुभयो ।

उपाध्यक्ष प्रमिला घिमिरे सिग्देलले स्वागत गर्नुभएको कार्यक्रम सचिव गोपीरमण प्याकुरेलले सञ्चालन गर्नुभएको हो । विस्तारित बैठकमा करिव ६० जनाको सहभागिता रहेकाो जिल्ला प्रचार विभाग प्रमूख सुनील गौतमले जानकारी दिनुभयो ।

 

हेर्नुहाेस् तस्वीरहरु :

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...