Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

प्याब्सन मकवानपुरको निर्णय विरुद्ध ईष्टु मकवानपुरले आन्दोलन गर्ने

Company Register

नीजि शैक्षिक संस्थामा कार्यरत शिक्षकहरुको पेशागत संस्था ईष्टु मकवानपुरले प्याब्सन मकवानपुर द्वारा जारी विज्ञप्तीप्रति आपत्ति प्रकट गर्दै अर्को विज्ञप्ति जारी गरेको छ । प्याब्सनले संस्थागत विद्यालयमा कर्यरत शिक्षकहरुको तलव भाद्र महिनादेखि नदिनेगरी निर्णय सहितको विज्ञप्ति जारी गरेको हो ।

संस्थागत विद्यालय शिक्षक युनियन ISTU जिल्ला अध्यक्ष एवम् नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर जिल्ला सदस्य (संस्थागत विद्यालय विभाग प्रमूख)सचिन लामा र हेटौंडा उपमहानगर समिति अध्यक्ष सिएम रिमालद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तीमा वार्ताका लागि शुक्रबारसम्म समयसीमा तोकिएपनि त्यसो नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी सहितको विज्ञप्ती जारी गरिएको छ ।

Advertisement

हेर्नुहोस् विज्ञप्ती जस्ताको तस्तै-

प्याब्सन मकवानपुरको निर्णय गलत भएको भन्दै नेपाल शिक्षक महासंघ हेटौंडा नगरसमितिले आफ्नो ध्यानाकर्षण भएको विज्ञप्तीमार्फत जानकारी गराएको छ । विपद्को समयमा प्याब्सन मकवानपुरले गरेक यो निर्णय शिक्षकहरुको विरुद्धमा भएको ठहर गर्दै महासंघले आफू शिक्षककै पक्षमा जस्तोसुकै अवस्थामा पनि लागिपर्ने विज्ञप्तिमार्फत जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ती जस्ताको तस्तै-

यता नीजि शैक्षिक संस्था र सामूदायीक विद्यालयमा कार्यरत नीजि स्रोतका शिक्षकको सेवा सुविधा तथा तलव सम्वन्धित निकायले उपलब्ध नगराएको प्रति शिक्षक संगठन मकवानपुरले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यसबारे संक्षिप्त प्रतिक्रिया दिदै नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालले, यस सम्वन्धमा संगठनले विज्ञप्ति जारी गरिसकेको र सम्वन्धित निकायको ध्यान नगएकोप्रति आक्रोश ब्यक्त गर्नुभयो । शिक्षकहरुको जायज मागप्रति वेवास्ता गरिए आफूहरु जस्तोसुकै आन्दोलनमा जान पनि तयार रहेको बताउँदै दाहालले संक्रमणकालिन अवस्थामा बौद्धिक पेशाकर्मी शिक्षकहरुमाथि अपमान नगर्न समेत सम्वन्धित पक्षमाथि हार्दिक अपिल गरेको बताउनुभयो ।

हेर्नुहोस् विज्ञप्ती जस्ताको तस्तै-

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...