Comments Add Comment

हेटौंडामा मनाईयो २८५९ औं सोनाम ल्होछार महोत्सव

तामाङ समुदायले राष्ट्रिय पर्व सोनाम ल्होछार भव्यता साथ मनाएको छ । मन्जुश्री सम्वत् २८५९ (जल–स्त्री) ह्योई–तावार ल्हो (बिरालो बर्ग) सोनाम ल्होछारको अवसरमा शनिबार र आइतबार हेटौंडामा ल्होछार सास्कृतिक महोत्सव आयोजना गरि भव्यताका साथ मनाएको छ । गोर्खा ब्रुअरी नेपालको मुख्य प्रायोजन र हेटौडा उपमहानगरपालिकाको मुख्य सहयोगमा दुईसम्म चलेको ल्होछार महोत्सव नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुर र मकवानपुर तामाङ कलाकार संघको संयुक्त आयोजनामा भएको हो ।

ल्होछार महोत्सवको समापन हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना लामाले गरेकी हुन् । कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेश अध्यक्ष लिलाकुमार घलान, हेटौडा उपमहानगरपालिकाको उप प्रमुख राजेश बानियाँ, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण अग्रवाल, नेपाल आदिवासी जनजाती महासघ मकवानपुर अध्यक्ष जंगबहादुर गुरुङ, हेटौडा उपमानगरपालिकाको प्रशासकीय प्रमुख शिबराज चौलागाई, हेटौडा १ का वडा अध्यक्ष सबिन न्यौपाने, हेटौडा १४ नम्बरका वडाअध्यक्ष दिपक खड्का, १५ नम्बर वडा अध्यक्ष सुनिल मोक्तान, घेदुङ्गका संघीय सदस्य लक्ष्मी पाख्रिन, नेपाल पत्रकार महासघ बागमती प्रदेश महासचिब कृष्ण सारु मगर, नेपाल आदिबासी जनजाती पत्रकार महासघ (फोनिज) मकवानपुर अध्यक्ष अशोक सारु मगर, घेदुङ बागमती प्रदेश सदस्य ठुलीमाया तामाङ लगायतको आतिथ्यता रहेको थियो। मकवानपुर तामाङ कलाकार संघका अध्यक्ष एवम् ल्होछार सास्कृतिक महोत्सवको संयोजक धिरेन लामा सभाध्याक्षतामा कार्यक्रम भएको थियो ।

ल्होछार महोत्सवमा आइतबार गायक तथा संगीतकार टिका बमजन, गायक अविराम मोक्तान, गायिका सुजना रुम्बा, बिमला थिङ लगायतको सांगीतिक प्रस्तुति रहेको थियो । त्यस्तै, मकवानपुर तामाङ कलाकार संघको गीति नाटक समेत प्रस्तुत गरिएको थियो । शनिबार बागमती प्रदेश सभा सदस्य तथा निवर्तमान सामाजिक विकास मन्त्रि कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको थियो। महोत्सबमा तामाङको मौलिक भेषभुषा सहित मौलिक डम्फुरे गीत प्रस्तुति, तामाङ भेषभूषा र मौलिक खाना संगै अन्य खानाका स्टलहरु रहेको थियो ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै