११ औं राष्ट्रपति रनिङशिल्डको उपाधी बकैयाको बुद्ध माविले जितेको छ । हेटौंडाको हुप्रचौरमा सोमबार सम्पन्न जिल्लास्तरीय रनिङशिल्ड प्रतियोगितामा बुद्ध माविले सर्वाधिक ६ स्वर्ण ३ रजत र २ कास्य पदकसहित उपाधी हात पारेको हो । बुद्ध माविका छात्र आयुष नेगीले सर्वाधिक ४ स्वर्ण हात पारेका छन् । उनले एथलेटिक्सतर्फका ४ सय मिटर दौड, ८ सय मिटर दौड, १ सय मिटर रिले र ४ सय मिटर रिलेमा स्वर्ण जितेका हुन् । उनी एथलेटिक्स बिधामा उत्कृष्ट खेलाडी समेत घोषित भए ।

May be an image of 12 people and people standing

यस्तै एथलेटिक्समै छात्रातर्फ जनक मावि बकैयाकी पविना दर्जीले सर्वाधिक ३ स्वर्ण र २ रजत जित्दै उत्कृष्ट खेलाडी घोषित भइन् । उनले ४ सय मिटर दौड, १ सय मिटर रिले र ज्याभलिङ थ्रोमा स्वर्ण जितेकी हुन् भने २ सय मिटर दौड र ४ सय मिटर रिलेमा रजतमै चित्त बुझाएकी थिइन् । यसैगरी समग्रमा ४ स्वर्ण ४ रजत र ३ कास्य पदक जित्दै महेन्द्र मावि बकैया रनिङशिल्डको दोस्रो स्थान ओगट्न सफल रह्यो भने ४ स्वर्ण २ रजत र २ कास्य पदक जितेको जनकल्याण मावि थाहाले तेस्रो स्थान प्राप्त गरेको छ । प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुने विद्यालयलाई बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, सदस्य माधव तिमल्सिना, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामालगायतले पुरस्कार वितरण गरेको थिए ।

May be an image of 15 people, including Rajan Dahal Khushraj and Madhav Timalsina, people standing and text that says 'स्वास्यका 1'