Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

राजर्षि कपको उपाधि हेटौंडाका पिप्ले युवा क्लबलाई

Company Register

हेटौंडाका पिप्ले युवा क्लबले पाँचौ राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सोमबार भएको फाइनल खेलमा आयोजक बागमतीलाई पेनाल्टी सुटआउटमा ५–४ गोलअन्तरले पराजित गर्दै हेटौडाको पिप्ले युवा क्लव पाँचौ संस्करणको उपाधि उचालेको हो । खेलको निर्धारित समयमा दुवै टोलीले ३–३ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । तर, निर्णय भने सडन डेथबाट मात्र सम्भव भयो ।

Advertisement

हेटौंडाले खेलको सुरुवातीमै गोल गरेर अग्रता लिए पनि केही समयपछि नै आयोजकले खेलमा फर्काउन सफल बन्यो । निर्धारित समयमा खेल ३–३ गोलमा रोकिएको थियो । सडन डेथमा हेटौंडाले ५–४ गोल अन्तरले उपाधि हात पारेको थियो । उपाधि जितेसंगै हेटौडाले नगद १० लाख एक हजार प्राप्त गरेको छ भने उपविजेता बन्दै आयोजक बागमतीले ५ लाख पाँच समय रुपैया र ट्रफी प्राप्त गरेको छ । खेलको म्यान अफ दी म्याच हेटौडाका ग्लोरी घोषितहुँदै नगद १० हजार पाए । यस्तै, आयोजकका गोलरक्षक अरुण ब्लोन उत्कृष्ट गोलरक्षक, शाहिद उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता आयोजककै स्टेफन र हेटौडाका राजेन्द्र रावल उत्कृष्ट मिडफिल्ड, हेटौडाकै प्रशिक्षक सुविन घिमिरे उत्कृष्ट प्रशिक्षक घोषित भएर जनही २०–२० हजार नगद पाउन सफल भए ।प्रतियोगिताको उत्कृष्ट खेलाडी भने आयोजकका कप्तान विजय घलान घोषित भए । उनले नगद ५१ हजार पाए । यसवर्षको राइजिङ प्लेयर आयोजकका गोलरक्षक अरुण ब्लोन घोषितहुँदै पल्सर मोटरसाइकल पाउन सफल भए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...