Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

युरोकप : जर्मनीलाई हराउँदै इंग्ल्याण्ड क्वार्टरफाइनलमा

Company Register

युरोकप फुटबलमा जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राती लण्डनस्थित वेम्बली स्टेडियममा भएको खेलमा इंल्याण्डले जर्मनीलाई २–० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक(एक गोल गरे ।

Advertisement

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७५ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाए । खेलको ८६ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २(० गोल अन्तरको जित सुनिश्चित गरे । यससँगै इंग्ल्यान्ड क्वार्टरफाइनलमा पुग्ने सातौं टिम बनेको छ । जर्मनी भने प्रतियोगिताबाट बाहिरिएको छ ।इग्न्ल्यांडले समूह चरणमा ‘डी’ को समूह विजेता बन्दै राउण्ड अफ १६ मा स्थान बनाएको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...