2025-12-05 9:15 pm

पारसको ऐतिहासिक शतकसँगै नेपाल ९ विकेटले विजय

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले सिंगापुरविरुद्ध त्रिकोणात्मक सिरिजको खेलमा सानदार शतक प्रहार गरेसँगै नेपालले ९ विकेटको जित दर्ता गरेको छ ।

कप्तान पारस खड्काले विस्फोटक व्याटिङ गर्दै शतक प्रहार गरेसँगै नेपालले टि-२० अन्तर्राष्ट्रिय इतिहासमा पहिलो शतक बनाएको छ । पारस ५२ बलमा १०६ रन बनाउँदै अभिजत रहे । उनले ९ छक्का र ७ चौक प्रहार गरेका थिए ।

सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य पक्ष्याएको नेपालले १६ ओभरमा लक्ष्य पूरा गरेको हो । पारसलाई आरिफले ३९ रन जोड्दै साथ दिए । त्यसअघि ओपनर इशान पाण्डेलाई दोस्रो ओभरको तेस्रो बलमा जनक प्रकाशले ५ रनमा एलवी डब्लू आउट गरेका थिए । पारस र आरिफले उत्कृष्ट साझेदारी गर्दै नेपालको जित पक्का गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad