स्टिभ स्मिथको उत्कृष्ट ब्याटिङ तथा नाथन लियोन र पेट कुमिन्सको उत्कृष्ट बलिङ प्रदर्शनमा अस्ट्रेलियाले सोमबार एसेज शृंखलाको पहिलो टेस्टमा इङ्ल्यान्डलाई २ सय ५१ रनको विजय हासिल गरेको छ। जितसंगै अष्ट्रेलियाले ५ खेलको शृंखलामा १–० को अग्रता लिएको छ।

३ सय ९८ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले १ सय ४६ रन बनाउँदा सबै विकेट गुमाएको थियो।

अन्तिम दिन लियोनले ६ तथा कुमिन्सले ४ विकेट लिएपछि घरेलु टोलीका कुनै पनि ब्याट्सम्यानले खेल्न सकेनन्। क्रिस वक्सले बनाएको ३७ रन नै दोस्रो इनिङमा इङ्ल्याण्डले बनाएको को सवभन्दा ठुलो स्कोर हो।

जासन रोय र जोए रुटले समान २८ रन बनाए। रोरी बर्नस र जो डेन्लीले समान ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।

अष्ट्रेलियाका लियोनले ४९ रन दिएर ६ विकेट लिँदा कुमिन्सले ३२ रन दिएर ४ विकेट लिए।

स्मिथले १ सय ४२ रन तथा म्याथ्यु वेडले १ सय १० रन बनाएपछि अस्ट्रेलियाले दोस्रो इनिङमा ७ विकेट गुमाएर ४सय ८७ रन बनाउँदा इनिङ समाप्तीको घोषणा गरेको थियो। बनाएपछि टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो इनिङमा २ सय ८४ रन बनाएको थियो।

इङ्ल्याण्डका स्टुवार्ट ब्रोडले ५ विकेट लिएका थिए। बर्नसले १ सय ३३ रन बनाएपछि इङ्ल्याण्डले पहिलो इनिङमा ३ सय ७४ रन बनाएको थियो।

दोस्रो इनिङमा अस्ट्रेलियाका स्मिथले १ सय ४२ तथा म्याथ्यू वेडले १ सय १० रन बनाए। अस्ट्रेलियाले ७ विकेट गुमाएर ४ सय ८७ रन बनाउँदा दोस्रो इनिङ समाप्तीको घोषणा गरेको थियो। त्यसपछि घरेलु टोलीले जितका लागि ३ सय ९८ रनको लक्ष्य पछ्याएको थियो।