हेटौंडाको हुप्रा चौरमा जारी हेटौंडा मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर ५ र १३ सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएकोे पहिलो खेलमा वडा नम्बर ५ ले वडा नम्बर ६ लाई ३–० गोलअन्तरले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको हो। सुरज विष्टले खेलको २१ औँ मिनेटमा पहिलो गोल गरेका थिए भने सञ्जय श्रेष्ठले खेलको ४५ औं मिनेटमा र टिका चौलागाईले खेलको ६८ औं मिनेटमा गोल गरेका थिए । म्यान अफ द म्याच सुरज विष्ट घोषित भए । यस्तै दोस्रो खेलमा वडा नम्बर १३ ले वडा नम्बर ११ लाई २–० गोलअन्तरले पराजित गर्दै सेमीफाइन प्रवेश गरेको हो । दीपक थिङले खेलको २८ मिनेटमा पहिलो गोल गरेका थिए भने १ गोल आत्मघाती भएको थियो । खेलको म्यान अफ द म्याच दीलिप मोक्तान भए ।