यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

शारदाले गर्यो २७३ जना अभिभावकको स्वास्थ्य परिक्षण

मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ५ मा रहेको शारदा माविमा २७३ जना अभिभावकले स्वास्थ्य परिक्षण गराएको छ । बुधबार विध्यालयको आयोजनामा विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई स्वास्थ्य सेवा दिने कार्य योजना अनुरुप शिविर सञ्चालन गरिएको थियो । स्वास्थ्य शिविरमा १५३ जना महिला र १२० जना पुरुषले सेवा लिएका थिए । शिविरमा प्रत्येकको सुगर र प्रेशर परिक्षण गरिएको थियो भने दाँत परिक्षणमा २० जनाले, हाडजोर्नी सम्बन्धी ३५ जना, ८ जनाले स्त्री रोग सम्बन्धी सेवा र बाँकी अभिभावकले थाइराइड, मृर्गौला, मुटु, पेट र छाती सम्बन्धी रोगको स्वास्थ्य परिक्षण गरेका थिए ।

Advertisement
शिविर सञ्चालन गर्न गाउँपालिकाका डा. मुकेश कुमार श्रेष्ठ, अर्थोपिठ सर्जन डा. सुन्दर कुमार श्रेष्ठ, दन्त विशेषज्ञ डा. स्वेच्छा शाह, मेडिसियन विशेषज्ञ डा. डोजेन्द्र बस्नेत, गाउँपालिका स्वास्थ्य संयोजक ध्रुव लामिछाने, स्वास्थ्य चौकी आमभञ्ज्याङका प्रमुख सन्देश घिमिरे लगायत नर्सहरुले सेवा प्रदान गरेका थिए । विद्यालयका प्रधानाध्यापक तीर्थ खड्काको सभाध्यक्षतामा भएको शिविर कार्यक्रम वडा नम्बर ५ का वडा अध्यक्ष तथा विद्यालयका अध्यक्ष जीत बहादुर घिमिरेको प्रमुख अतिथ्यता रहेको थियो । शिविर सञ्चालन गर्न सेवक फर्मा हेटौंडा, क्वीस्ट फर्मासियुटिकल, मकवानपुर सहकारी अस्पताल, विजयदीप ल्याबोरेटरी प्रालि चितवन,शिवम् सिमेन्ट सहयोगी संस्थाको रुपमा रहेको थियो ।