पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा आजबाट नकआउट वडा स्तरीय फुटबल प्रतियोगिता हुदैछ । बकैया गाउँपालिका वडा नंबर ७ को खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा वडा भित्रका ९ वटा टिमको सहभागिता रहने प्रचार संयोजक राजकुमार तिमल्सिनाले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १५ हजार र १० हजार रुपँया सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता भीरकोटमा रहेको जनक माविको खेल मैदानमा हुदैछ । आजबाट सुरु भएको प्रतियोगिता फागुन २४ गते सम्म हुनेछ । प्रतियोगितामा १ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।