Comments Add Comment

टी–२० प्रधानमन्त्री कप क्रिकेट आजदेखि सुरु हुँदै

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पाँचौ संस्करणको प्रधानमन्त्री कप आजबाट सुरु हुँदैछ । यसअघिका चार संस्करण एकदिवसीय फर्म्याटमा भएको थियो । तर आगामी फेब्रुअरीमा ओमान हुने टी–२० विश्वकप ग्लोबल क्वालिफायरलाई मध्यनजर गर्दै यसपटक टी–२० फर्म्याटमा खेलाइँदैछ ।

त्यसैले यसपटक खेलाडीहरूका लागि राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टिमको क्याम्पमा पर्ने अवसरसमेत छ । यसअघि नै मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राष्ट्रिय टिमको लागि क्याम्पमा ३० खेलाडी बोलाएर प्रशिक्षण सुरु गरिसकेका छन् । ती खेलाडीले पनि प्रधानमन्त्री कप खेल्नेछन् र र त्यसबाहेक राम्रो प्रदर्शन गर्ने अन्य खेलाडीले पनि क्याम्पमा स्थान बनाउनेछन् । राष्ट्रिय टिमका कप्तान नियुक्त भएका सन्दीप लामिछाने भने हाल अष्ट्रेलियामा बिग बास लिग खेलिरहेका छन् ।

प्रधानमन्त्री कप टी(२० प्रतियोगिताका खेलहरू यही पुष २६ देखि माघ ५ सम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ । जसमा १० टिमले प्रतिस्पर्धा गर्दैछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ र दुवै समूहको खेलपछि शीर्ष २(२ टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश १ र सुदूरपश्चिम छन् भने समूह बी एपीएफ, लुम्बिनी, बागमती, गण्डकी र प्रदेश २ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर