कोरोना भाइरस संक्रमण बढ्दै गएपछि भक्तपुरमा स्वास्थ्य मापदण्ड पालनलाई कडाइ गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको आइतवार बसेको बैठकले मास्क अभियान सञ्चालन गरी मास्क लगाउन अटेर गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ।

बैठकले मास्क अभियान सञ्चालन गर्न नगरपालिकाहरुलाई अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन्। त्यस्तै‚ सार्वजनिक यातायातका साधनमा मास्कलाई कडाई गर्ने, घरबाहिर निस्किँदा अनिवार्य मास्क लगाउन अभिप्रेरित गर्ने निर्णय भएको उनले जानकारी दिइन्।