आईपिएल : चेन्नईलाई ४४ रनले पराजित गर्दै दिल्लीको लगातार दोस्रो जित

अनलाइन पत्र संवाददाता२०७७-०६-१० No Comments

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातर दोस्रो जित हात पारेको छ । शुक्रबार राती भएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गर्दै लगातार दोस्रो जित गरेका हो । दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पञ्जाबलाई सुपर ओभरमा हराएको थियो । जितका लागि १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३१ रन मात्र बनायो । चेन्नईले पहिलो खेलमा मुम्बई इन्डिन्सलाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा राजस्थान रोयल्ससँग १६ रनले पराजित हुन पुगेको थियो । चेन्नईले चौथो खेलमा अक्टोबर २ मा सनराइजर्स हैदराबादसग खेल्ने छ । तेस्रो खेलमा दिल्लीले हैदराबादसँग सेप्टेम्बर २९ मा खेल्ने छ ।

Ad
Ad