Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज २०७७ असोज १० गते शनिवारको राशिफल

Company Register

आजको पञ्चाङ्ग

Advertisement

बि.सं. २०७७ असोज १० गते शनिवार । इ.सं. 26 September 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० ञलगा । प्रमादीदक्षिणायनशरद ऋृतुअधिक आश्विन शुक्लपक्षतिथि दशमी , २१:४४ बजे उप्रान्त एकादशी नक्षत्र उत्तराषाढा , २३:०५ बजे उप्रान्त श्रवण योग अतिगण्ड , २४:१४ बजे उप्रान्त सुकर्मा करण तैतिल १०:०३ बजेदेखि गर , २१:४४ बजे उप्रान्त वव चन्द्रराशि मकर । आनन्दादी योग राक्षस। दिनमान २९ घडी ५८ पला । सूर्योदय ०५:५४ बजे । सूर्यास्त बेलुका १७:५४

सर्वार्थसिद्धि योग २३:०५ बजेपछि।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज शुभारम्भको चर्चा चल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शुभ कार्यको चर्चा चल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
महत्त्वपूर्ण अवसर गुम्न सक्छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । सौन्दर्यतामा धन खर्च होला । साँझमा पैशा खर्च हुने योगछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आँटेको र ताकेकोकार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । स्वास्थ्यमा सुधार आउला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज जोश जाँगर र हिम्मत बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । बन्धु बान्धव बाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज नयाँ कार्यको थालनी होला । जोश,जाँगर र हिम्मत बढ्ला । शुभ समाचार सुन्न पाइएला । राजनैतिक कार्यमा विशेष सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभ समाचार सुन्न पाईएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मनोरञ्जनमा सहभागीता भइएला । मान प्रतिष्ठामा बृद्धि होला । आकस्मिक धन लाभ हुनेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
लगनशीलताले कामहरू अगाडी बढ्नेछन । व्यवसायबाट लाभ मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्ने र बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
अनावश्यक ठाउँमा धन खर्च होला । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पतत्ती राउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज नजिकको मित्रसँग भेटघाट हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । पठनपाठनमा प्रगती हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनसक्छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...