नेपाल राष्ट्रिय शिक्षक संगठन कैलास गाउँपालिकाको दोस्रो पालिका अधिवेशन आज सम्पन्न भएको छ । दोस्रो अिधवेशनका अवसरमा आज शिक्षकका विभिन्न पेशागत संस्थाबाट कैलास गाउँपालिकामा कार्यरत १८ जना शिक्षकहरु नेपाल राष्ट्रिय शिक्षक संगठन प्रवेश गरेका हुन् । अधिवेशनले दिपक गुरुङ्गको अध्यक्षतामा २४ सदस्सीय नयाँ कमिटी समेत गठन गरेको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय परिषद् सदस्य रमेश लामिछानेको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष श्रीराम दाहालको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रम कैलास गाउँपालिका अध्यक्ष रत्न बहादुर स्याङ्गतानको अध्यक्षतामा सम्पन्न भएको हो ।

अधिवेशनले उपाध्यक्ष महिलातर्फ सुजाता फूयाल र खुलामा रक्षा सापकोटा चयन गरेको छ भने सचिवमा ईन्द्रमणी गौतम, कोषाध्यक्षमा बलराम मुक्तान, सहसचिव महिलातर्फ रेनुका प्रजा, सहकोषाध्यक्ष महिलातर्फ बोईमा स्याङ्गतान लगायत २४ सदस्यीय कमिटि सर्वसम्मत भएका हुन् ।

विभिन्न पेशागत संस्थाबाट शिक्षक संगठन प्रवेश गर्नेमा भने विराजित लामा योञ्जन, सरिता गुरुङ्ग, दीलराज मोक्तान, धिरज रौनियार, चमेली ब्लोन, मञ्जु कुमारी शाह, युवराज दोङ्ग, सरस्वती गिरी,राधिका कालाखेती, सुन कुमारी थिङ्ग, लासाङ् ब्लोन, निरुत्ता मोक्तान, अम्विका कालाखेती, शान्ति पाख्रिन,सेतीमायाँ थिङ्ग, अञ्जु पुलामी मगर, सुकुमायाँ प्रजा, र मनुमायाँ तितुङ् रहेका हुन् ।

यसैगरी अधिवेशनकै अवशरमा संगठन कैलास पालिकाले विभिन्न स्थानबाट कैलास पालिका सरुवा भई आएका र नवनियुक्त शिक्षकलाई खादा सहित स्वागत समेत गरेको छ । यसरी आउनेहरुमा शशीकला कार्की, नमराज स्याङ्गतान, सञ्जयलाल प्रजा, रेनुका चेपाङ्ग, निरज कुमार स्याङ्गतान, ईन्द्रमणी गौतम, रामलाल थिङ्ग, शैलेन्द्र पटेल, अशोक कुमार शाह, दीलराज मुक्तान, रक्षा सापकोटा अनिल नेपाली रहेको जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमूख अतिथी रमेशप्रशाद लामिछानेले संगठनको ऐतिहासिक पृष्ठभूमी बताउँदै संगठनको बल नै सांगठनिक एकतामा नीहित रहेको बताउनुभयो । संगठनले कोभिड जस्ता विपत्तिमा पनि शिक्षकहरुलाई सिकाइ गुणस्तरका सवालमा चुस्त राख्न गरिरहेको निरन्तर प्रयासका लागि खुलेर प्रसंशा समेत ब्यक्त गर्नुभयो । यता विशेष अतिथी जिल्ला अध्यक्ष श्रीराम दाहालले भने संगठनको राष्ट्रिय समितिदेखि जिल्ला तह सम्मका सांगठनिक गतिविधीलाई प्रष्ट्याउँदै आगामी कमिटीको लागि अग्रिम शुभकामना समेत ब्यक्त गर्नुभयो । दाहालले मकवानपुर जिल्ला संगठनको मात्र नभई शिक्षक पेशागत आन्दोलनै संगठन र मकवानपुर मातृ जिल्ला तथा संस्था भएकोले यसमा निशन्देह लाग्न पनि सबैमा आग्रह गर्नुभयो । वहाले मकवानपुर जिल्लाले पछिल्लो विषम परिस्थितीमा पनि संगठनले गरेको शिक्षकको पेशागत विकास तालिम र ननिदाएका शिक्षकहरु कार्यक्रमलाई संगठनको राष्ट्रिय समितिले समेत धन्यवाद ज्ञापन गरेको कार्यक्रममा उल्लेख गर्नुभएको हो । दाहालले रत्नबहादुर स्याङ्गतानको अध्यक्षतामा गठित कमिटिले गरेको कामको उच्च प्रशंशा समेत गर्नुभएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य बुद्दी बहादुर मुक्तान, संगठन जिल्ला सहकोषाध्यक्ष चन्द्रादेवी लामा वल, प्रचार विभाग प्रमूख सुनील गौतम, कैलास ईन्चार्ज एवम् सदस्य सन्तोष लामिछाने, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, लेखापरिषद् सदस्य सविता लामिछाने, हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, प्रदेश प्रतिनिधी राजाराम पराजुली,कालिका मावि प्रअ रामप्रसाद कालाखेती लगायतकाले मन्तब्य राख्नुभएको थियो ।