मकवानपुरको बकैया गाउँपालिकामा आइतबार १ सय ९ जना नेकपा एमालेमा प्रवेश गरेको छ । विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नेको लहर बढेको गाउँपालिकाका उपाध्यक्ष सरला बोलाखेले बताईन् ।

कार्यक्रममा नवप्रवेशीलाई नेकपा एमाले मकवानपुरका नेताहरु कृष्णप्रसाद चौँलागाई, बेलप्रसाद दाहाल, राजन दंगाल, गोपाल दाहाल, लालबहादुर जिम्बा, पुष्पराज गौतम सहितले स्वागत गरेका थिए । कार्यक्रममा युवा संघ नेपाल जिल्ला सचिवालय सदस्य जितेन्द्र दाहाल र जिल्ला सदस्य सरोज ढुंगेलको पनि आतिथ्यता रहेको थियो । यस अघि पनि जुरेलीमा एमालेमा करिब ४० जना एमालेमा प्रवेश गरेका थिए । कार्यक्रम अनिल माझीको अध्यक्षतामा भएको हो ।