Photo Source : Goal Hetauda

बागमती प्रदेशको आयोजनामा आजबाट हेटौंडा सुरु भएको प्रथम खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबल प्रतियोगितामा ललितपुरले विजयी सुरुवात गरेको छ । हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा भएको खेलमा ललितपुरले चितवनलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

खेलको दोस्रो हाफको ६८ मिनेटमा बसन्त तामाङले गरेको गालेनै निर्णायक गोल बन्यो । त्यस्तै सोमबार पनि दुईवटा खेल हुनेछन् । पहिलो खेल रामेछाप र सिन्धुपाल्चोकबीच हुनेछ भने दोस्रो खेल मकवानपुर र नुवाकोटबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।