
फ्रेन्डस युथ एण्ड स्पोर्टस क्लव मालारानी गाउँपालिका- ५ बागीले मालारानी गाउपालिको कोरोना राहत कोषमा ५ हजार ५ सय सहयोग गरेका छन् ।
मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य उपाध्यक्ष प्रमिला क्षेत्री र प्रमुख प्रशासकिय अधिकृत विष्णु घर्तीलाई सयुक्त रुपमा राहत हस्तान्तरतण गरिएको हो । राहत हस्तान्तरण कार्यक्रममा क्लवका अध्यक्ष गीर बहादुर कुंवर कोषाध्यक्ष बिक्रम कुंवर पुर्व अध्यक्ष धुर्योधनकुंवर सस्थापक अध्यक्ष तथा संरक्षक विष्णु कुंवर संरक्षक तिलक टन्डनको उपस्थितिमा रहेको थियो ।
राहत हस्तान्तरण कार्यक्रममा बोल्दै गाउपालिकाका अधक्ष बालकृष्ण आचार्यले क्लव मालारानी गाउँपालिकाको पुरानो र क्रियाशिल क्लव रहेको बताए क्लवले गरेका रचनात्मक कामले गाउँपालिकाकै गरिमा बढेको समेत बताए रचनात्मक काम गर्ने सस्थाहरु संग गाउँपालिकाले सहकार्य गर्दै जानेकुरा आचार्यले बताए कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले युवाहरु सामाजिक र रचनात्मक काममा क्रियाशिल हुनुपर्ने बताए समाजमा युवाहरु सकृय हुदा गाउँको बिकास हुने बताउदै यस्ताखालका रचनात्मक काम गर्ने क्लवहरुलाई सधै साथमै लिएर अघी बड्ने बताए । कार्यक्रमा क्वलबका अध्यक्ष गिर बहादुर कुंवरले क्लवले स्थापना कालदेखीनै समाजमा बिभिन्न खालका कामहरु गर्दै आएको बताए क्लव सधै गाउँपालिका संग सहकार्य गर्दै अगाडी बढ्ने् समेत बताए ।